रत्ननगरको उदाहरणीय काम : आश्रममै पुगेर बृद्धबृद्धालाई सम्मान

रत्ननगरको उदाहरणीय काम : आश्रममै पुगेर बृद्धबृद्धालाई सम्मान

रत्ननगर १४ असोज । रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडी नगर भित्रका आश्रम र मन्दिरमै पुगेर बृद्धबृद्धालाई सम्मान तथा हौसला प्रदान गरेका छन । २९ औं अन्तराष्टिय ज्येष्ठ नागरिक दिवसको अबसरमा पारेर नगर भित्र रहेका बृद्धाश्रम तथा मन्दिरमा आश्रित २० जना बृद्धबृद्धाहरुलाई मेयर वन र उपमेयर दुवाडीले ब्लाङकेट र पोष्टिक आहार प्रदान गर्दै निरास नहुन आग्रह गरे । परिवारले बेवास्था गरेर आश्रममा रहेका बृद्धबृद्धाहरुलाई भेट गरी वन र दुवाडीले आवश्यक पर्ने सामाग्री,औषधि उपचार नगरपालिकाले गर्ने बताएका थिए । नगरपालिकाले वडा नं १२ मा रहेको असहाय बृद्ध कल्याण समाजमा आश्रित ६ जना,श्रीकृष्ण प्रणामी मन्दिर धर्मधाम जिरौनामा आश्रित ७ जना र श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा आश्रित ७ जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको महिना तथा वालवालिका शाखा प्रमुख रञ्जना पौडेलले जानकारी दिइन । कार्यक्रममा मेयर वन,उपमेयर दुवाडी,प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,कार्यपालिका सदस्य निर्मला खड्का, नगर स्तरीय ज्येष्ट नागरिक समन्वय समितिका अध्यक्ष गोकुल दास श्रेष्ठ आश्रममै पुगेर बृद्धबृद्धाहरुलाई ब्लाङकेट र हर्लिक्स हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले ज्येष्ट नागरिक अनुभवका खानी भएकाले उनीहरुको अनुभवलाई आत्मसाथ गरी नगरको विकासको लागि काम गर्ने बताए । उनले परिवारबाट अलगिएका ज्येष्ट नागरिकलाई स्थानीय सरकारले संरक्षण गर्ने बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले आफुलाई जन्म दिएका बाबुआमालाई आश्रम जान बाध्य बनाउने संस्कारको अन्त्य हुनुपर्ने बताइन । धर्मधाममा भएको कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष शशिभक्त न्यौपाने,धर्मधामका अध्यक्ष श्याम प्रसाद बराल लगायतको सहभागिता रहेको थियो । यसैबीच दिवसकै अबसरमा रत्ननगर नगरपालिका वडा नं १० ले वडा भित्रका ज्येष्ट नागरिकलाई मंगलवार सम्मान गरेको छ । ७० बर्ष पुरा भएका २१२ जना ज्येष्ट नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै उनीहरुलाई दुध र खिर खुवाइएको वडाध्यक्ष केशब आचार्यले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले ज्येष्ट नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही कार्यक्रममा तेज प्रसाद पौडेल संयोजक रहेको वडा स्तरीय ज्येष्ट नागरिक समन्वय समिति गठन गरिएको छ । कार्यक्रममा वडा सदस्यहरु कमल बहादुर घिमिरे,सीता भेटवाल,माया नेपाली छन्नुराम चौधरी,बैरिया माविका प्राचार्य युवराज शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो ।