भरतपुर १६ पनि कांग्रेसको पोल्टामा , कांग्रेसका हमाल विजयी

भरतपुर १६ पनि कांग्रेसको पोल्टामा , कांग्रेसका हमाल विजयी

चितवन , १५ मंसिर।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्ष पदको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका अमृत हमाल विजयी भएका हुन् ।

उनले आफ्नो प्रतिस्पर्धी नेकपाका भक्तराज हमाललाई ३ सय ८ मतले पछि पार्दै विजयी भए । अमृतराज हमालले ३ हजार १ सय ८३ मत ल्याए भने भक्तराजले २ हजार ८ सय ७५ मत ल्याएका थिए । त्यस्तै राप्र्रपा संयुक्तबाट बिष्णु प्रसाद त्रिपाठीले ६ मत , समाजवादी पार्टीका अम्मर बहादुर थापाले २५ मत र राष्ट्रिय नागरिक पार्टीका धन प्रसाद घलेले ३९ मत ल्याएका थिए ।

कुल खसेको ६ हजार २ सय ५० मतमा १ सय २१ मत बदर भएको थियो । भरतपुर १६ , खैरहनी ४ र ५ मा भएको उपनिर्वाचनमा तिनैवटा वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।