नख्खु कारागारमा कैदीबिच झडप , एकजनाको मृत्यु

नख्खु कारागारमा कैदीबिच झडप , एकजनाको मृत्यु

काठमाण्डौ , १७ साउन
ललितपुरको नख्खु कारागारमा कैदीबन्दीहरु बिच झडप हुदाँ एक जना कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्धामा करागारमा सजाय भोगिरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारागारमा कर्तव्य ज्यान मुद्धामै रहेका पवन कुमार महतोले ब्लकले प्रहार गर्दा राजीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । घटनाको थप विवरण आउन बाकी छ ।