खैरहनीको तीज गीत प्रतियोगितामा उषाकिरण प्रथम

खैरहनीको तीज गीत प्रतियोगितामा उषाकिरण प्रथम


चितवन १६ भदौ /

नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा चितवनको खैरहनी नगरपालिकाले सोमवार हिंसा नियन्त्रण विषयक तीज गीत प्रतियोगिता आयोजना गरेको छ ।

नगरपालिकासंगै नगर भित्र रहेका १० वटा महिला सहकारीहरुको सयुक्त आयोजनामा भएको प्रतियोगितामा कठार स्थित उषाकिरण महिला वचत तथा ऋण सहकारी संस्था प्रथम भएको छ । त्यस्तै इन्द्रेणी महिला वचत तथा ऋण सहकारी संस्था द्धितिय,हंशेश्वर टोल विकास संस्था तृतिय हुँदा लगनशील आमा समुह र पटिहानी टोल सुधार समितिले सान्त्वना स्थान हासिल गरेको निर्णायक केएन सिलवालले जानकारी दिए ।

प्रथम,द्धितिय ,तृतिय र सान्त्वना भएका टिमहरुले क्रमस नगद १५ हजार,१० हजार,५ हजार र ३,३ हजार पुरस्कार प्राप्त गरे । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको विजेता टिमलाई उपमेयर सुनिता थपलिया लगायतले पुरस्कार प्रदान गरेका थिए ।