तीजमा पत्रकार श्रेष्ठ सहित तिनजना महिला सम्मानित

तीजमा पत्रकार श्रेष्ठ सहित तिनजना महिला सम्मानित


चितवन , १६ भदौ
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तिनजना महिला सम्मानित भएका छन् । रत्ननगरमा रहेको रेडियो अपर्णले तीजको अवसर पारेर पत्रकारिता , कलाकारिता र सामाजिक सेवातफ गरेर तिनजनालाई सम्मान गरेको हो ।

पत्रकारिता क्षेत्रबाट नागरिक दैनिककी चितवन संवाददाता सविता श्रेष्ठ , कलाकारीताबाट कालिका रेक्का र सामाजिक सेवातर्फबाट बिमला श्रेष्ठलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रककी प्रमुख अतिथी प्रदेश नम्बर ३ की साँसद कंचन खनालले दोसल्ला र सम्मान पत्रले सम्मान गरेकी थिइन् ।

तीज उत्सवको अवसरमा विभिन्न समूहहरुबिच तीज गित प्रतियोगिता हुनुको साथै कार्यक्रममा लोक गायक मिलन लामा र दुर्गा सापकोटाले आफ्नो गित मार्फत दर्शकलाई नचाएका थिए ।