चितवन प्रहरीको ३० वुँदे सुरक्षा योजना

चितवन प्रहरीको ३० वुँदे सुरक्षा योजना

चितवन , १७ असार 

 जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा कार्ययोजना सार्वजनिक गरेको छ । मंगलवार पत्रकारसंगको अन्र्तक्रिया कार्यक्रममा प्रहरीको सेवा प्रभावकारी वनाउन विभिन्न ३० बुदे वार्षिक कार्ययोजना सार्वजनिक गरेको हो । प्रहरी संगठनको आन्तरीक सुदृढिकरण, जनशक्ति व्यवस्थापन, परिचालन गरी सेवा थप प्रभावकारी बनाउने, चोरी तस्करी, मानव बेचबिखन, अनैतिक क्रियाकलाप नियन्त्रण, अवैध मदिरा तथा लागुऔषध नियन्त्रण लगायत रहेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दान बहादुर मल्लले बताए । आन्तरीक सुदृीकरणका लागि घुमुवा प्रहरी हटाएको छ ।

करिव एक महिना अघि चितवन प्रहरीको कमाण्ड सम्हालेका एसपी मल्लले घुमुवा प्रहरीका बारे व्यापक रुपमा जनगुनासाहरु आएकाले त्यस्ता प्रहरी हटाईएको वताए । अवका दिनमा घुमुवा प्रहरीको नाममा धम्काउने,दवाव दिने गरेको पाईए कारवाही गर्ने उनले चेतावनी दिए । घुमुवा प्रहरीबाट अवाच्छित काम गरेको जनगुनासाहरु आउने क्रम वढ्यो एसपी मल्लले भने – प्रहरी संगठनलाई अझ विश्वासिलो वनाउन त्यस्ता प्रहरीलाई हटाएका छौ । अपराध नियन्त्रण तथा अनुसन्धानलाई सघाउन पुर्याउन घुमुवा प्रहरी परिचालन गर्ने गरिन्थ्यो । तर त्यस अनुसार काम नभएको एसपी मल्लको भनाई थियो । घुमुवा प्रहरी हटाएर अहिले जिल्ला प्रहरी कार्यालयले सुचना संकलन तथा विश्लेषण शाखा स्थापना गरेको छ । एसपी मल्ल चितवन आएपछि सो शाखा स्थापना गरिएको हो । कुनै पनि आपराधिक क्रियाकलापको ठोस परिणाम आउने गरी शाखा स्थापना गरिएको एसपी मल्लले वताए ।

अव शंकास्पद घटना भए सोही शाखाले काम गर्नेछ । प्रहरी निरीक्षक राज कुमार थापाको नेतृत्वमा १२ जनाको विशेष टोली गठन गरीएको छ । सो शाखालाई भने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवंम प्रवक्ता एकनारायण कोईरालाले निगरानी गर्नेछन् । एसपी मल्लले जिल्लामा सरकारद्धारा प्रतिबन्धीत नेत्र विक्रम चन्द समुहको गतिविधिलाई प्रमुख सुरक्षा चुनौतिका रुपमा लिएर कडा निगरानी गरिरहेको बताए । यस्तै योजनामा प्रहरीलाई प्रविधिमैत्रि बनाउन सिसि क्यामेराको पुन निर्माण गर्ने थप्ने, सुेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न स्थानमा प्रहरी पोष्ट थप्ने लगायतका समेटिएको छ ।