कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव

कुमारी र्बैकको शाखा खैरहनीमा , व्याज अन्तर घटाउन मेयर चौधरीको सुझाव

चितवन , १६ असोज ।

कुमारी वैंक लिमिटेडले चितवनको खैरहनी ६ स्थित पुरानो पर्सामा शाखा विस्तार गरेको छ । काठमाडौमा प्रधान कार्यालय रहेको सो वैंकले ११० औं शाखाको रुपमा पुरानो पर्सामा शाखा स्थापना गरेको हो । सो शाखाको विहीवार एक कार्यक्रमकाबीच खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे ।

वैंक उद्घाटन गर्दै मेयर चौधरीले वोनस र नाफा मात्र नहेरी सेवाग्राहीलाई फाईदा हुने गरी काम गर्न सुझाव दिए । सेवाग्राहीले रकम राख्दा कम व्याज तर लोन झिक्दा वढि व्याज तिर्नु पर्ने वाध्यता रहेको भन्दै यि दुईको व्याज अन्तर घटाउनु पर्ने मेयर चौधरीको भनाई थियो । मेयर चौधरीले पुरानो पर्सामा अरु वैंक नभएकाले नगरको वडा नम्वर ६ र ७ बाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता सोही वैंकबाट वितरण गर्ने वताए । पुरानो पर्साको अस्तित्व जोगाउन कुमारी वैंकको भुमिका महत्वपूर्ण हुने उनको विश्वास थियो । उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष नयाँ पर्सामा वैंकहरुको आगमन वढ्दो रुपमा रहेका वेला पुरानो पर्सामा वैंक स्थापना हुनु गर्भको विषय रहेको वताए । केही समय पछि कुमारी वैंक लिमिटेडले नयाँ पर्सामा समेत शाखा विस्तार गर्ने तयारी गरेको कुमारी वैंक सौराहा शाखा प्रवन्धक धनपति लामिछानेले वताए । उद्घाटन कार्यक्रम पुरानो पर्सा शाखा प्रवन्धक रिता ढकालको अध्यक्षतामा भएको थियो ।