पूर्वीचितवन ट्रेनिङ सेन्टर उद्घाटन

पूर्वीचितवन ट्रेनिङ सेन्टर उद्घाटन

चितवन , १६ असोज 
पूर्वीचितवनको रत्ननगरमा पूर्वी चितवन ट्रेनिङ सेन्टरले सेवा सुरु गरेको छ । सेन्टरको आज रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मेयर वनले नेपाली युवाहरु विभिन्न प्रयोगात्मक तालिम लिएर देशमै काम गर्नुपर्ने बताए ।

ट्रेनिङ सेन्टरका संचालक सुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक सुमन पौडेल , रत्ननगर जेसिजका अध्यक्ष सुवास पोख्रेल लगायतले मन्तव्य राखेका थिए । करिब २० लाखको लागतमा सुरु भएको ट्रेनिङ सेन्टरमा कुक , बेकरी , फुड कार्विन , बार टेण्डर , हाउस किपिङ , व्युटिसियन लगायतका व्यवसायीक तालिमहरु प्रदान गरिने सेन्टरका संचालक एवंम् प्रबन्ध निर्देशक सुमन पौडेलले जानकारी दिए । स्वरोजगार हुनुपर्ने भावना अनुसार व्यवसायीक रुपमा ट्रेनिङ सेन्टरको सुरुवात गरेको पौडेलले बताए ।