सातै प्रदेशको प्रदेश प्रमुख पदमुक्त

सातै प्रदेशको प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ , १७ कार्तिक। 
नेपालको सातैवटा प्रदेशको प्रदेश प्रमुखलाई आज पदमुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशको प्रदेश प्रमुखलाई आज पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रीपरिषद्को सिफासि बमोेजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो । नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको संविधानको धारा १६५ मा (प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था) रहेको र उक्त धारा को उपधारा १ को खण्ड ख मा प्रदेश प्रमुखको पदावधि समाप्त वा सो अवधि अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा भन्ने उल्लेख रहेको छ ।