सिन्धुपाल्चोकमा बस दुर्घटनामा , १४ जनाको मृत्यु
प्रकाशित मिति: आइतबार, कार्तिक १७, २०७६ | १८:०९:०१
सिन्धुपाल्चोक, १७ कार्तिक ।
सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस दुर्घटना भएको हो ।
बस सुनकोशी नदीमा खसेको र केहि अझै बेपक्ता रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ४७ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन हुन सकेको छैन ।
प्रकाशित मिति : आइतबार, कार्तिक १७, २०७६ |
१८:०९:०१
2091