बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६ | ११:३६:१०
मंसिर १७।
बागलुङको बडिगाडमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिए ।
उनका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । दुर्घटनामा गुल्मीका ९ महिला, ४ पुरुष र १ बालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको पहिचान भने अझै हुन सकेको छैन । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १७, २०७६ |
११:३६:१०
1937