अपाङ्गता भएकाप्रति नगरपालिका संवेदनशील छ – मेयर चौधरी
मंसिर १७ गते । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सरोकारवालाहरुसंग अन्र्तक्रिया गरेर अपाङ्गता दिवस मनाएको छ । कार्यक्रममा उनीहरुको गुनासा,समस्याहरुका बीच छलफल गरिएको थियो । सो क्रममा नेत्रहिन संघ चितवनका सदस्य दिपेन्द्र शर्माले अपाङ्गता भएकाहरुको अधिकारका विषयमा जानकारी गराउँदै कतिपय ठाउँमा त्यस्ता व्यक्तीले पाउने कार्डमा दुरुपयोग भएको गुनासो गरे । सरकारी संरचना निर्माण गर्दा अपाङ्गमैत्री वनाउनु पर्ने उनले सुझाव दिए । खैरहनी १३ का वडाध्यक्ष वालकुमार उप्रेतीले वडा र नगरपालिकाले अपाङ्गहरुलाई अपहेलना नगरेको वताए । खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीले अपाङ्गता भएकाहरु प्रति नगरपालिका संवेदनशील रहेको भन्दै अध्ययन पछि मात्रै त्यस्ता व्यक्तीहरुलाई कार्ड वितरण गर्दै आएको वताए । अपाङ्गता भएकाहरुको क्षमता विकासका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ५ लाख रुपैया नगरबाट विनियोजन गरिनुका साथै वडा कार्यालयहरुले पनि कार्यक्रम समावेश गरेको जानकारी दिए । साथै प्रमुख चौधरीले त्यस्ता व्यक्तीहरुको आम्दानीको श्रोतका लागि आयआर्जनका कार्यक्रम ल्याउन लागेको पनि वताए ।