रोट्रयाक्टको संयुक्त पदस्थापन

रोट्रयाक्टको संयुक्त पदस्थापन

चितवन , १८ साउन

रोट्रयाक्ट क्लव अफ रत्ननगर र रोट्रयाक्ट तथा इन्ट्रयाक्ट क्लव अफ स्काईराईडरको संयुक्त पद हस्तान्तरण शनिवार गरिएको छ । रोट्रयाक्ट क्लव अफ रत्ननगरका वर्ष २०१८÷१९ का अध्यक्ष नविन दवाडीले वर्ष २०१९÷२० का अध्यक्ष निकेश खनाललाई पद हस्तान्तरण गरेका थिए ।रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष प्रेमकृष्ण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेल,पूर्व अध्यक्ष जनक पौडेल लगायतको उपस्थिती रहेको थियो ।

विभिन्न सामाजिक काममा सक्रिय रोट्रयाक्ट क्लव अफ रत्ननगरले जन्मोत्सव कोष समेत स्थापना गरेको छ । उक्त कोषमा हालसम्म डेढ लाख भन्दा वढि रकम संकलन भएको रोट्रयाक्ट क्लव अफ रत्ननगरका सम्पादक निशान दाहालले जानकारी दिए । कोषमा संकलन भएको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिने क्लवले जनाएको छ । उक्त कोषमा जन्म दिन वाहेक अन्य शुभ कार्यको अवसर पारेर समेत रकम सहयोग हुदै आएको छ ।