चितवनमा दिउँसै तिनवटा मोटरसाइकल चोरी

चितवनमा दिउँसै तिनवटा मोटरसाइकल चोरी


चितवन , १७ भदौ
चितवनमा तीजको दिन तिनवटा मोटरसाइकल चोरी भएको छ । सोमबार एकैदिन दिनदहाडै तिनवटा मोटरसाइकल चोरी भएको हो ।

भरतपुरबाट दुईवटा र पूर्वीचितवनको रत्ननगरबाट एउटा मोटरसाइकल चोरी भएको हो । भरतपुरको सप्तगण्डकी चोक नजिकबाट बा ९५ प ७५४१ नम्बरको यामाहा कम्पनीको एफ जेड एस र भरतपुरको रमाइलो चोकबाट ना ६२ प ९५०० नम्बरको पल्सर मोटरसाइकल चोरी भएको हो । त्यस्तै पूर्वीचितवनको बकुलहर चोक नजिकबाट ना ६४ प २९०३ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको छ । चोरी भएको मोटरसाइकलहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।