खैरहनीमा पर्सा दशैमेला हुने , तयारी अन्तिम चरणमा

चितवन , १७ असोज ।
पूर्वीचितवनको खैरहनीमा सर्पा दशैमेला हुने भएको छ । विजया दशमीको अवसरमा प्रत्येक बर्ष गरिदै आएको पर्सा दशै मेला यसबर्ष पनि हुन लागेको हो ।

युवा स्वर्ण तारा क्लबले सोमबार नवमीको दिन गर्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष मनोज खड्कीले जानकारी दिए । खैरहनी नगरपालिका वडा नम्बर ६ पुरानो पर्सामा हुने मेलामा स्थानिय बस्तुहरु बिक्रीको लागि राखिने र विविध सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ । साँस्कृतिक कार्यक्रममा प्रिती आले , प्रकाश सपुत, सुरेश लामा ,द सेन्टो व्याण्ड , डिजे जि वान लगायतको अन्य प्रस्तुतिहरु हुने कार्यक्रम संयोजक सागर अधिकारीले जानकारी दिए ।