कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा खनाल

कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा खनाल

चितवन , १८ मंसिर ।
कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा हरिकृष्ण खनाल चयन भएका छन् । संघको छैठौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले हरिकृष्ण खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

तिन बर्षे कार्यकालको लागि संघको उपाध्यक्षमा राममणी पोखरेल,महासचिवमा पुरु खनाल,सचिवमा रामचन्द्र ढुवाडी,कोषाध्यक्षमा हरि अधिकारी चयन भएका छन् । त्यस्तै परशुराम अधिकारी,प्रकाशमणी सापकोटा,महेश पाण्डे,वुद्धिमान विक,कृष्ण सेढाई,अशोक पोख्रेल,अनुप विसुराल,मेघनाथ पौडेल,सुमन सुवेदी र अन्जना केसी सदस्यमा चयन भएको निर्वाचन समिति संयोजक ज्ञानवहादुर विसुरालले जानकारी दिए । त्यस्तै विशिष्ट सदस्यमा रघुनाथ भट्ट चयन भएका छन् ।

प्रदेश नं ३ का सांसद घनश्याम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश नं ३ कि सांसद् कञ्चन खनाल, नेपाल पोल्ट्री महासंघका सचिव त्रिलोचन कँडेल, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा अण्डा चल्ला वितरक संघका उपाध्यक्ष विनाद पोख्रेल, नेपाल किसान संघका अध्यक्ष झलक पौडेल, रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए ।