सिएमसीका विद्यार्थीेले परिक्षानै बहिष्कार गरे

सिएमसीका विद्यार्थीेले परिक्षानै बहिष्कार गरे

चितवन , १८ मंसिर।
चिकित्सा शास्त्रमा सरकारले तोकेको शुल्क भन्दा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले परिक्षा नै बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सरकार र मेडिकल माफिया मिलेर विद्यार्थीको आन्दोलन तुहिआउने गरेर गरेको सहमती आफुहरुलाई मान्य नहुने भन्दै आन्दोलनलाई जारी राखेका छन् ।

सबै विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता तथा समायोजन नभएसम्म आन्दोलन जारी रहने भन्दै परिक्षा बहिष्कार गरेको विद्यार्थी मान्यता थापाले बताइन् । चिकित्सा शिक्षा स्नातक तह प्रथम बर्षमा अध्ययनरत विद्यार्थीले बुधबारबाट सुरु भएको बोर्ड परीक्षा बहिस्कार गरेका हुन् । विद्यार्थीले परिक्षा प्रवेश कार्ड जलाएर बहिस्कार गरेका छन् । बुधबारबाट सुरु भएको प्रथम बर्षको परिक्षाको पहिलो दिन वि फार्मेसी , विएसआइटि , विएससिएमएलटि , विएएसएलपि , विपिएमको परिक्षा तोकिएको थियो । एमविविएस , विडिएस र विइससी नर्सिङको परिक्षा भोली (विहिबार) रहेको छ ।