ईक्यान चितवनले चौथो ईक्यान शैक्षिक मेला गर्ने

ईक्यान चितवनले चौथो ईक्यान शैक्षिक मेला गर्ने

चितवन , १८ भदौ

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान ) चितवन शाखाले चौंथो ईक्यान शैक्षिक मेला गर्ने भएको छ । ईक्यानले भदौ २७ देखी २९ गतेसम्म तिन दिनेमेला आयोजना गर्न लागेको बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

इच्छा अनुसारको शिक्षा जाहे देशमा होस् वा विदेशमा भन्ने मुल नारा अनुसार ईक्यान चितवनले मेला गर्न लागेको मेलाका संयोजक सुदिप भट्टराईले जानकारी दिए । मेलामा स्वदेशी तथा विदेशी उच्च शिक्षा बारे विद्यार्थी तथा अभिभावकहरुले बिस्तृत जानकारी पाउन सक्ने आयोजकले जनाएको छ । भरतपुर गार्डेन रिसोर्टमा चल्ने मेलामा ६३ स्टल रहने छन् ।  मेला अवधिभर विभिन्न स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरुको बारेमा सेमिनारहरु चल्नुका साथै शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श लिन सक्ने ईक्यान चितवनका अध्यक्ष भानु खरेलले जानकारी दिए ।

मेलामा चितवन जिल्लाकै ठूलो पुरस्कार राशीसहितको हाजिरी जवाफ प्रतियोगिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख ११ हजार १ सय ११,  द्धितियलाई ५५ हजार ५ सय ५५ र तृतियलाई ३३ हजार ३ सय ३३ पुरस्कार राखिएको छ । हाजिरीजवाफ प्रतियोगितामामा  कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थी  सहभागी हुन पाउने छन् । मेलामा प्रवेश निशुल्क रहनेछ । नेपाल शैक्षिक परामर्श संघ चितवनका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षतामा तथा नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय सदस्य यज्ञ विलाश पौडेलको प्रमुख अतिथ्यतामा पत्रकार सम्मेलन भएको थियो ।