मोटरसाइकल चोर पक्राउ गर्न हवाई फायर

मोटरसाइकल चोर पक्राउ गर्न हवाई फायर

जनकपुरधाम , १७ भदौ

मोटरसाइकल चोरलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका ५ मा मोटरसाइकल चोर समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हो।

चोरीको मोटरसाइकल खरिद बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको हो।धनुषाका एसपी शेखर खनालले पक्राउ गरिएको चोरलाई भगाउन स्थानीयले प्रहरीमाथि हातपातमै उत्रेपछि बाध्य भएर दुई राउण्ड हवाई फायर गरेको जानकारी दिए। उनले हवाई फायर गर्दा स्थिति नियन्त्रणमा आए पनि स्थानीयले चोरलाई मोटरसाइकलसहित भगाएको बताए। चोरको पहिचान खुल्न नसकेको उनको भनाइ छ। फरार भएको चोरको र भगाउने व्यक्तिहरूको खोजी भइरहेको एसपी खनालले बताए।