
चितवन , १८ भदौ
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नम्बर ३ को राजधानी हेटौडाँ नै कायम हुने बताएका छन् । चितवनको भरतपुर विमानस्थल विस्तार तथा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले हाल रहेकै स्थान प्रदेशको राजधानी हुनेमा विश्वस्त हुन आग्रह गरे ।
प्रदेश राजधानीको समेत नजिक भएको भन्दै भरतपुर विमानस्थलको विस्तार तथा सुधारको अति आवश्यक रहेको बताए । उनले मुख्यमन्त्री पौडेलले सरकारले चाहे र आवश्यकता महसुस गरे जुनसुकै जग्गा प्रकृया पुरा गरेर विमानस्थल विस्तारको लागि प्रयोग गर्न सकिने समेत प्रष्ट पारे ।