भरतपुर विमानस्थल विस्तारको लागि बैठक होइन काम हुन्छ: पर्यटनमन्त्री भट्टराई

भरतपुर विमानस्थल विस्तारको लागि बैठक होइन काम हुन्छ: पर्यटनमन्त्री भट्टराई

चितवन , १८ भदौ

संस्कृति,पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको क्षेत्र विस्तारको लागि अब बैठक नभइ काम हुने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको भरतपुर विमानस्थल विस्तार तथा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बैठक र छलफल गरेर मात्रै नहुने भन्दै अब काम हुने बताएका हुन् ।

छलफल कार्यक्रममा सहभागीहरुबाट भरतपुर विमानस्थलको विस्तारको लागि विमानस्थल नजिकै रहेको नेपाली सेनाको ब्यारेक र घोडा प्रजजन केन्द्रको जग्गा प्रयोग गर्नुपर्ने सुझाव आएपछि मन्त्री भट्टराईले एक हप्ताभित्र रक्षामन्त्री , प्रधानसेनापति लगायत अन्य विशिष्ट व्यक्तीहरुसँग बसेर निचोड निकाल्ने बताए । मन्त्री भट्टराईले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई विमानस्थल नजिक रहेको नेपाली सेनाको ब्यारेक स्थानन्तरणको लागि जग्गा खोज्न र मापदण्ड विपरितका भवनहरु निर्माणमा रोक लगाउन आग्रह गरे ।

करिव एक साता अघि चितवन आएका संस्कृति,पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको क्षेत्र विस्तारमा चासो देखाएका थिए । एक साता नपुग्दै उनकै पहलमा भरतपुर महानगरपालिकाले विमानस्थल विस्तार तथा सुधारका विषयमा बुधवार पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा अन्र्तरक्रिया भएको हो ।