चितवनमा राष्ट्रिय परिचयपत्र वितरणको लागि फिल्ड कार्यालयको उद्घाटन , प्रचण्डको बायोमेट्रिक

चितवनमा राष्ट्रिय परिचयपत्र वितरणको लागि फिल्ड कार्यालयको उद्घाटन , प्रचण्डको बायोमेट्रिक

चितवन , १८ भदौ

चितवन जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु भएको छ । आज एक कार्यक्रमको बिच पुर्व प्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दहाल प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको फिल्ड कार्यालयको उद्घाटन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा फिल्ड कार्यालय राखेर परिचयपत्र वितरण गर्न सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । प्रचण्डले आज नै राष्ट्रिय परिचयपत्रको लागि आवश्यक बायोमेट्रिक डाटा सहितका प्रक्रिया पुरा गरेका छन् । प्रचण्डसँगै प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल , राष्ट्रिय सभा सदस्य पार्वती रावल , प्रदेश नम्बर ३ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामा लगायत प्रदेश सभाका सदस्यहरुले समेत फोटो खिचाउने , आफ्नो विवरण कम्युटरमा भर्ने लगायतको काम गरेका हुन् ।