खुकुरी प्रहारबाट चितवनमा एकजना घाइते

खुकुरी प्रहारबाट चितवनमा एकजना घाइते

चितवन , असार १९
चितवनमा अज्ञात समूहले खुकुरी प्रहार गर्दा एकजना घाइते भएका छन् । डडेलधुरा घर भई भरतपुर महानगरपालिका ४ कमलनगरमा भाडा गरि बस्ने बर्ष २९ को खगेन्द्र बिष्टमाथी अज्ञात समूहले खुकुरी प्रहार गरेको हो ।

बुधबार बेलुका ९ बजेतिर घरभित्र पस्नसाथ ८–९ जनाको समूह घरभित्र पसेर आफूमाथी कुटपिट गर्दै खुकुरी तथा रडले प्रहार गरेको घाइते बिष्टले बताए । घटनाको जानकारी पाउनासाथ प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको र आक्रमण गर्नेहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । घाइते बिष्टको हात , खुट्टा र ढाटमा चोट लागेको र उनकोे चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ ।