विद्यार्थीले गरे परिक्षा बहिष्कार ,प्रहरी र विद्यार्थीबिच झडप (भिडियो सहित)

विद्यार्थीले गरे परिक्षा बहिष्कार ,प्रहरी र विद्यार्थीबिच झडप (भिडियो सहित)

चितवन , १९ मंसिर।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आजपनि परिक्षा बहिष्कार गरेका छन् । चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको स्नातक तह प्रथम बर्षको परिक्षा बहिष्कार गरेका हुन् । आज भएको एमबीबीएस र बिएनएसकोे परिक्षा विद्यार्थीहरुले बहिष्कार गरेका हुन् । परिक्षा बहिष्कार गर्दै परिक्षा केन्द्रमा विद्यार्थीहरुले लगाएको ताला कलेज प्रशासन र प्रहरीले तोडेको छ ।

आज भएको परिक्षामा ३ जना पुरक परिक्षार्थी मात्रै सहभागी भएका थिए । उत्तर पुस्तिका लिएर परिक्षा केन्द्रबाट बाहिर निस्कने क्रममा विद्यार्थीहरुले अवरोध गरेपछि सामान्य बल प्रयोग गरेको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले भने प्रहरीले विद्यार्थीमाथी दमन गरेको र लठ्ठी भाचिने गरेर विद्यार्थीहरुलाई कुटपिट गरेकोे बताएका छन् । चितवन मेडिकल कलेजको शिक्षण युनिटमा विद्यार्थीहरुले पुन तालाबन्दी गरेका छन् । विद्यार्थीहरुबाट सरकारले तोकेको शुल्कभन्दा बढी लिइएको रकम फिर्ता तथा समायोजको माग गर्दै विद्यार्थीहरु आन्दोलित हुँदै आएको छन् ।

भिडियो