त्रिशुलीमा ट्रक खस्यो

त्रिशुलीमा ट्रक खस्यो

चितवन , २० साउन
चितवनको जलविरेमा एउटा ट्रक त्रिशुली नदीमा खसेको छ । नारायणढ मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउपालिका ६ जलविरेमा ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७५ मिटर तल नदीमा खसेर ट्रक हराइरहेको प्रहरीले जनाएको छ ।

बिरगंजबाट काठमाण्डौ जादै गरेको ट्रक बिहान २.३० बजे नदीमा खसेको थियो । ट्रकको चालक सर्लाही जिल्ला चकरघट्टा गाँउपालिका ५ नवलपुर बस्ने बर्ष ३१ को मुकेश चौधरी ट्रक बाट हाम फाली ज्यान जोगाएको जिल्ला प्रहरी कार्याय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । नदीमा हराइरहेको ट्रकको खोजी भइरहेको छ ।