चितवनमा गाँजा बिक्री गर्ने एकजना पक्राउ

चितवनमा गाँजा बिक्री गर्ने एकजना पक्राउ

चितवन , २० साउन

चितवनमा गाँजा बिक्री गर्ने एकजना महिला पक्राउ परेकी छन् । चितवनको कालिका नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ६५ कि राम माया तामाङलाई प्रहरीले आइतबार बेलुका लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।

आफ्नै घरबाट गाँजा बिक्री वितरण गर्ने गरेको बिशेष सूचनाको आधारमा खानतलासी गर्दा तामाङको घरबाट करिब २ किलो गाँजा समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । गाँजा सहित पक्राउ परेकी तामाङलाई इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।