डेगुं नियन्त्रण गर्न कालिकाको सक्रियता , प्रत्येक टोललाई ५ हजार रुपैयाँ

डेगुं नियन्त्रण गर्न कालिकाको सक्रियता , प्रत्येक टोललाई ५ हजार रुपैयाँ

चितवन , १९ भदौ

चितवनमा डेगंको संक्रमण बढ्दै गएपछि पछि त्यसको नियन्त्रणको लागि स्थानिय तह समेत सक्रिय भएको छ । डेंगुको संक्रमण रोक्न कालिका नगरपालिकाले लामखुट्टे खोजी र नष्ट गर्ने अभियान सुरु गर्ने भएको छ । नगरपालिकाले टोल विकास संस्थाहरुलाई सक्रिय रुपमा खटिएर लामखुट्टेको वासस्थान खोजी र नष्ट गर्न प्रत्येक टोललाई नगद ५ हजार रुपैँया दिने भएको छ ।

चितवनमा हालसम्म २ हजार १ सय ६८ जनाको परिक्षण गरिएकोमा ६ सय ८० जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । कालिका नगरपालिकामा मात्रै ८ जनामा डेंगु देखिएपछि नगरपालिकाले लामखुट्टेको वासस्थान खोजी र नष्ट गर्ने अभियान सुरु गर्न विहिबार जनप्रतिनिधिहरु , टोल विकास संस्थाका अध्यक्षहरु , शिक्षक र सरोकारवालाहरुलाई डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण दिएको हो । नगरपालिकाले दुईवटा विद्यालयको समूह र टोल विकास संस्थाको समूह गरि दुई समूह बनाएर डेंगु नियन्त्रणमा लागेको नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए । विद्यालय समूहले जनचेतनामूलक कार्यक्रम गर्ने र टोल विकास संस्थाको समूहले टोल टोलमा लामखुट्टेको वासस्थान खोजी र लार्भा नष्ट गर्ने मेयर श्रेष्ठले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक राम के सीले डंगुको लक्षण , डेंगुको रोकथाम गर्ने उपाय र लामखुट्टेको वासस्थान पहिचान गरि नष्ट गर्ने बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य घनश्याम दहाल ,नगरपालिकाको प्रमख प्रशासकिय अधिकृत यज्ञ पुरी ,कालिका वडा नम्बर १ का वडा अध्यक्ष लिला गुरुङ लगायतले डेंगु नियन्त्रणमा सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।