त्रिशुली नदीकिनारमा ट्रक खस्दा २ जनाको मृत्यु

त्रिशुली नदीकिनारमा ट्रक खस्दा २ जनाको मृत्यु

चितवन , असार २०
चितवनको चुम्लिङटारमा ट्रक र्दुघटना हुँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुम्लिङटारमा ना ७ ख ६७६५ नम्बरको ट्रक अनियन्त्रित भई त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।

सर्लाहीबाट ईट्टा लिएर काठमाण्डौतर्फ जादै गरेको ट्रक दुर्घटनाहुँदा ट्रकको सहचालक सर्लाही जिल्ला घर भएका बालकिशोर यादव र अर्का एकजनाको मृत्यु भएको छ । ट्रकको चालक सर्लाही निवासीे दिपेन्द्र्र शाह गम्भिर घाइते भइ उपचारकोे लागि भरतपुर तर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए ।