सुलिको खाल्डोमा डुबेका कार्कीको शव १८ घण्टापछि निकालियो ( भिडियो सहित )

सुलिको खाल्डोमा डुबेका कार्कीको शव १८ घण्टापछि निकालियो ( भिडियो सहित )

चितवन , १९ असोज
चितवनको खैरहनी नगरपालिका १ स्थित खनाल पोल्ट्री फर्मको कुखुराको सुलीको खाल्डोमा डुवेर मृत्यु भएका सोही फर्मको कामदारको शव आईतवार विहान निकालिईएको छ । फर्मको सुली राख्न वनाईएको खाल्डोमा पर्दामा सोही फर्ममा काम गर्ने भरतपुर १२ का सुर्य वहादुर कार्की शनिवार अपरान्हदेखी वेपत्ता भएका थिए ।

कार्कीको शव १८ घण्टाको लामो प्रयासपछि आईतवार विहान १० वजेतिर निकालिईएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । २ वटा एक्साभेटर र नेपाली सेनाको सहयोगमा शव निकालिईएको थियो । शनिवार ट्याक्टरमा सुली लोड गर्ने क्रममा कार्की सुलीको खाल्डोमा डुवेका थिए । ट्याक्टरमा लोड गर्नका लागि जडान गरिएको पाईपबाट सुली लोड नभएपछि पाईप हल्लाउने क्रममा चिप्लिएर उनी खाल्डोमा परेका सोही फर्ममा कार्यरत युवराज तिमल्सीनाले वताए ।

करिव १२ फिट गहिरो खाल्डोको सुली एक्साभेटरले थप दुई वटा खाल्डो खनि बाईपास गराएपछि नेपाली सेनाले शव खोजी गरेको थियो । कार्की विगत ३ वर्षदेखी खनाल पोल्ट्री फर्ममा कार्यरत थिए । कार्कीको शवलाई पोष्टमार्टमका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।