निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति

निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं , १९ असोज।
बलात्कारको प्रयास भएको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

संसद सचिवालयकी एक कर्मचारीले महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै शुक्रबार जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । आदेशसँगै महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।