
काठमाडौँ , १९ असोज
संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको भन्दै निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महराले आफूलाई बलात्कार प्रयास गरेको भन्दै पिडित कर्मचारीले शुक्रबार जाहेरी दिएकी थिइन् । जाहेरीपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतबाट आज अनुमति पाएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएसँगै प्रहरीले महरालाई पक्राउ गरेको छ ।