भरतपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एकजनाको मृत्यु

भरतपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एकजनाको मृत्यु

चितवन ,२० कार्तिक
चितवनको भरतपुरमा गएराती मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको घटनास्थलमा मृत्यु भएको छ ।

राती अन्दाजी ९.३० बजे भरतपुर महानगरपालिका वडा नम्बर . ४ लंकु स्थित भित्री सडक खण्डमा रामपुर बाट चौबिसकोठी तर्फ आउदै गरेको ना.६२ प ५९५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकलमा सवार दुई जनामध्य अन्दाजी बर्ष २४/२५ को पुरुष व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र मोटरसाइकलमा सवार अर्को अन्दाजी १६/१७ को पुरुष ब्याक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको नाम ठेगाना खुलेको छैन ।