कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार

कालिकामा मोटरसाईकल किन्दा १ लाख उपहार

कार्तिक २० गते । चितवनको कालिका मोटरसाईकल पार्टसबाट मोटरसाईकल खरिद गर्दा थप एक जना ग्राहकलाई १ लाख रुपैया उपहार परेको छ । यामाहा भिक्ट्री योजना अन्र्तगत दशै,तिहार तथा छठ पर्वको अवसरमा यामाहाको मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकहरुका लागि दैनिक लक्की ड्र मार्फत एक जनालाई १ लाखको उपहार योजना थियो । सोही योजना अन्र्तगत स्क्र्याच गर्दा कालिका नगरपालिका १ पदमपुरका विकास गुरुङलाई परेको हो । गुरुङलाई बुधवार कालिका मोटरसाइकल पार्टसका प्रबन्ध निर्देशक उत्तम अधिकारी, खैरहनी चेम्बर अफ कर्मसका अध्यक्ष प्रकाश श्रेष्ठ, कालिका यामाहा कोषका निरिक्षक सुजाता खनाल, कालिका मोटरसाइकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछानेले सयुक्त रुपमा १ लाख रुपैयाको चेक हस्तान्तरण गरे । यसअघि कालिका मोटरसाईकल पार्टसबाटै मोटरसाईकल खरिद गरेका ३ जनालाई एक एक लाखका दरले उपहार परेको थियो । पूर्वी चितवनका लागि यामाहा मोटरसाईकल र स्कुटरको आधिकारीक विक्रेताको रुपमा कालिका मोटरसाईकल पार्टस रहेको छ । कालिकामा मोटरसाईकल खरिद गरेका मध्ये लक्की ड्र मार्फत नारायण प्रसाद तिमल्सीना , दिपेन्द्र चौधरी , र डिल्लीराम पौडेलले एक एक लाखको उपहार जितेका थिए ।