खैरहनी नगरपालिकाको समिक्षा – एक वर्षमा करिव ७ किलो मिटर सडक कालोपत्रे

खैरहनी नगरपालिकाको समिक्षा – एक वर्षमा करिव ७ किलो मिटर सडक कालोपत्रे

चितवन ,२० कार्तिक  ।

चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा करिव ७ किलो मिटर सडक कालोपत्रे गरेको छ । बुधवार आयोजित गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले प्रगति विवरण प्रस्तुत गर्दै गत एक वर्षमा ६ किलोमिटर ६७७ मिटर सडक कालोपत्रे गरिएको वताए ।

त्यस्तै ३ किलोमिटर ८३ मिटर कालोपत्रे मर्मत,१० हजार ९९४ मिटर ग्राभेल, ५ हजार,३७६ मिटर उच्चस्तरीय ग्राभेल,७ सय मिटर मोजाईक टायल विच्छाईएको शर्माले वताए । उनका अनुसार गत वर्ष कुल वजेटको ८६.५४ प्रतिशत खर्च भएको छ । नगरमा क्रियाशिल राजनितिक दल,उद्योग वाणिज्य संघ,उद्योग संघ,नेपाल चेम्वर अफ कमर्स,जनप्रतिनिधीहरुको उपस्थितीमा समिक्षा गरिएको थियो । कार्यक्रममा नेकपाका नेता झगरु चौधरीले प्रत्येक वर्षको विकास निर्माणको तुलनात्मक अध्ययन गरेर काम गर्न सुझाव दिए ।

नेपाली काग्रेश नगर सभापति शशि कुमार खनियाले नगरवासीलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना कार्यान्वयन गर्नु पर्ने धारणा राखे । नगरको आवश्यकता पहिचान गरि काम गर्न समेत उनले सुझाव दिए । नेकपाका नेता लक्ष्मी ढकालले नगरको प्रमुख व्यापारिक केन्द्र पर्सा वजारमा सार्वजनिक शौचालय निर्माण गर्नु पर्ने वताईन् । जवाफमा खैरहनीका मेयर लालमणी चौधरीले दलहरु,नागरीक समाज, उद्योगी,व्यापारी,वुद्धिजिवी लगायतको सुझावलाई आत्मसाथ गरिरहेको वताए ।

मेयर चौधरीले गरिवी निवारणसंगै पूर्वाधार निर्माणको काम पनिसंगै अघि वढाएको वताए । नगरको क्षमताका आधारमा फोहोर व्यवस्थापन हुदै आएको तर यो विषय चुनौतीपूर्ण रहेकाले नगरवासीको साथ चाहिने उनको भनाई थियो । मेयर चौधरीका अनुसार यो वर्ष नगर भित्र ४ वटा सार्वजनिक शौचालय निर्माण गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले शिक्षाका विषयमा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।