व्यापार विस्तार सम्बन्धी तालिम

व्यापार विस्तार सम्बन्धी तालिम

काठमाडौँ , २० मंसिर।

आफ्नो व्यापार विस्तार कसरी गर्ने तथा कार्यदक्षता र शैलीलाई अगाडी बढाउने भन्ने सम्बन्धमा सुकल्प इन्टरनेशनलले तालिम तथा परामर्श दिने भएको छ । कम्पनीले काठमाडौंमा ‘मिट एण्ड ग्रिन विद इण्ड्रष्ट्री एक्सपट्र्स’ कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका व्यवसाय तथा उद्यमीहरुलाई उक्त जानकारी गराएको हो ।

कार्यक्रममा सुकल्प इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत अरुण बस्नेतले विभिन्न उद्योगमा आधारित शिक्षा तथा विकास सेवासँग सम्बन्धित रहेर प्राविधिक, विक्री, उत्पादन तथा सेवा सम्बन्धी तालिम तथा परामर्श दिइने जानकारी दिनुभयो । उहाँले कम्पनीले दिने तालिम पछि कर्मचारीको कर्यक्षमतामा विकास हुने, उत्पादन तथा व्यापार विस्तार र बजारीकरणको सम्बन्धमा जानकारी पाउन सकिने बताउनुभयो ।
कार्यक्रममा विभिन्न कम्पनीका प्रशिक्षकहरुसँग अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यसअघि पनि विभिन्न क्षेत्रमा प्रशिक्षण दिई रोजगारीको आवसरहरु प्रदान गरिएको जानकारी गराउनुभयो । उहाँले बैंकिङ, एफएमसिजि, अटोमोबाइल, टेलिकम, विक्री तथा वितरण, बीमा, विकास क्षेत्र, प्रविधि, तथा सेवा क्षेत्रमा तालिम तथा परामर्श दिइने समेत जानकारी दिनुभयो ।