मानव वेचविखन विरुद्धको दिवसमा अन्तरक्रिया

मानव वेचविखन विरुद्धको दिवसमा अन्तरक्रिया

चितवन , भदौ २०

मानव वेचविखन तथा ओसारपोसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा सरोकारवालाहरुले मानव वेचविखनको शैली परिवर्तन भईरहेको भन्दै चिन्ता जनाए ।

नेपाल बार एसोसियसन चितवनका अध्यक्ष कमल पाठकले अपराधको शैली परिवर्तन भईरहेको भन्दै यस तर्फ ध्यान दिनु पर्ने वताए । अपराधमा सलग्नहरुले चितवनलाई ट्रान्जिटको रुपमा प्रयोग गरेर ओसारपोसार गर्ने गरेको उनको भनाई छ । सोही अवसरमा बार चितवनका अध्यक्ष पाठकले मानव वेचविखनको मुद्याको कानुनी व्यवस्थाका बारे जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय खैरहनीकी प्रहरी नायव निरीक्षक पुष्पा केसीले मानव वेचविखनका मुद्यामा पीडितले प्रहरीलाई सहयोग नगर्ने गरेको वताईन् । उनका अनुसार वैदेशिक रोजगारीमा गएकाहरुको श्रीमतीहरु विकृत काम लाग्ने क्रम वढेको छ । खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सीनाले मानव वेचविखनका कारक तत्व पहिचान गर्न सके समस्या समाधान नहुने विश्वास व्यक्त गरे । खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,महिला तथा वालवालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ लगायतले पनि आआफ्ना धारणा राखेका थिए ।