लागू औषध विरुद्धको सचेतनामा जुटे रत्ननगरका युवा

लागू औषध विरुद्धको सचेतनामा जुटे रत्ननगरका युवा

चितवन , भदौ २०

पूर्वीचितवनमा बढ्दो लागुऔषध र्दुव्यसनी रोकथाम गर्न रत्ननगरका युवाहरु जुटेका छन् । पछिल्लो समय लागुऔषधको प्रयोगकर्ता बढेको र त्यसको कारण समाजमा अपराधिक घटना समेत हुने गरेकाले त्यसको विरुद्ध शुक्रवार रत्ननगर नगरपालिका वडा नम्वर १४ मा रहेको शिरदेवी युवा क्लवले सचेतना मुलक र्याली तथा सभा गरेको हो ।

नेपाल उच्च माध्यमिक विद्यालयको खेल मैदानबाट सुरु भएको र्याली वजार परिक्रमा गरि आधारभुत विद्यालय अमिलियामा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा नगर भित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी,शिक्षक,टोल विकास संस्थाका प्रतिनिधी,युवा क्लवका प्रतिनिधी,जनप्रतिनिधी,महिला स्वयमसेविकाहरु लगायत सहभागी थिए । र्यालि पछि आयोजित सभामा वोल्ने वक्ताहरुले लागुऔषधको प्रयोगकर्ताका संख्या बृद्धि भइरहेको र त्यसको कारण अपराध समेत बढ्दे भन्दै सबै एकजुट भएर , जनचेतना मार्फत लागुऔषध र्दुव्यसनी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद कृष्ण प्रसाद खनालले लागुऔषध र्दुव्यसनी नियन्त्रण गर्न आफैबाट पहिला सुरु गर्नुपर्ने बताए । उनले पहिला आफू , घर , टोल गर्दै सबैलाई लागुऔषध र्दुव्यसनीसम्बन्धि सचेत बनाउनुपर्नेमा जोड दिए । साँसद खनालले अब शैक्षिक संस्थामा लागुऔषध र्दुव्यसनी नियन्त्रण सम्बन्धि पठनपाठन हुनुपर्ने औल्याए । कार्यक्रममा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी ,जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक शालिकराम पौडेल, रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठ , क्लबका सल्लाहकार सरोज भण्डारी लगायतले दुव्र्यसनमुक्त समाज निर्माणका लागि अभिभावक चनाखो हुनु पर्ने र सरकारले थप कडा कानुन निर्माण गर्नुपर्ने बताए ।