पूर्वीचितवनमा विद्युत सेवा अवरुद्ध हुने

पूर्वीचितवनमा विद्युत सेवा अवरुद्ध हुने

चितवन , २०
पूर्वीचितवको अधिकाम्स क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । टाँडी वितरण केन्द्र अन्तर्गत पर्ने भरतपुर पर्सा ३३ के भी लाइनको नजिक रहेका रुखका हागाँबिगां काट्ने तथा लाइन मर्मत सम्भार गर्न लागिएकोले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण टाँडी वितरण केन्द्रले एक सूचना जारी गर्दै विद्युत मर्मतको लागि शनिबार बिहान ७ बजेदेखी १० बजेसम्म लाइन काटिने जनाइएको छ । पर्सा सव स्टेशनबाट वितरण हुने क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ । पर्सा सव स्टेशनबाट रत्ननगरको अधिकाम्स भाग , कालिका , खैरहनी र राप्तीको सम्पूर्ण क्षेत्रमा विद्युत प्रभाव हुदै आएको छ ।