क्याम्पस प्रमुखले आर्थिक अपचलन गरेको भन्दै छानविन गर्न विद्यार्थीको माग

क्याम्पस प्रमुखले आर्थिक अपचलन गरेको भन्दै छानविन गर्न विद्यार्थीको माग

चितवन , भदौ २०

पूर्वीचितवनको शहिद स्मृती बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखले आर्थिक अपचलन गरेको भन्दै छानविन गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । विभिन्न ११ बुदे माग राख्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको अनेरास्ववीयूू र अनेरास्ववीयू क्रन्तिकारीले क्याम्पस प्रमुखले अर्थिक अपचलन र नितिगत भ्रष्टचार गरेको भन्दै त्रिभुवन विश्वविद्यालयबाट छानविन हुनुपर्ने माग गरेका छन् ।

विहिवार क्याम्पसमै पत्रकार सम्मेलन गर्दै दुवै संगठनका अध्यक्षले त्रि वि बाट आयोग गठन गरेर छानविन गुर्नुपर्ने बताए । क्याम्पसमा विद्यार्थी भर्ना , फर्म शुल्क लगायतबाट संकलन हुने रकम बैंक दाखिला नगर्ने गरेको उनीहरुको आरोप छ । गत फागुनमा विद्यार्थी एवं क्याम्पसको हितमा विभिन्न ११ बुदे माग राखेर क्याम्पस प्रशासनमा तालाबन्दी गरेपनि आफ्ना जायज मागहरु सम्बोधन गर्न क्याम्पस प्रशासन जिम्मेवार नभएको अनेरास्ववीयूूका क्याम्पस कमिटी अध्यक्ष सरोज तिमिल्सीनाले बताए ।

क्याम्पसमा पूर्णकालिन रहेका प्राध्यापकहरुले सोहि समयमा अन्य शैक्षिक संस्थामा अध्यापन गराउने गरेको अनेरास्ववीयू क्रन्तिकारीको क्याम्पस कमिटी अध्यक्ष अमृत वस्तीले आरोप लगाए । अन्य शैक्षिक संस्थामा लगानी रहेका व्यक्ती समेत क्याम्पसको संचालकमा रहेको र उनीहरुले विद्यार्थीहरुलाई आफ्नो लगानी रहेको शैक्षिक संस्थामा लैजाने गरेको उनीहरुको आरोप छ ।

यता क्याम्पस प्रमुख राधा बालिकाले भने क्याम्पसमा कुनै आर्थिक अपचलन नभएको बताइन् । क्याम्पसमा संकलन भएको रकम बैंकमा दाखिला हुने गरेको उनको दावी छ । बैंकमा रकम दाखिला गरिएको बरु प्रशासनमा दालाबन्दी भएयता बैंकबाट भने रकम निकाल्न नपाएकोले प्राध्यापकहरुले तलव समेत नपाएको उनले बताइन् । छ महिनादेखी भएको तालाबन्दीले क्याम्पसको प्रशासनिक काम प्रभावित भएको छ ।