अर्घाखाँचीमा स्कारपियो दुर्घटना,तीन जनाको ज्यान गयो

अर्घाखाँचीमा स्कारपियो दुर्घटना,तीन जनाको ज्यान गयो

२० असोज । अर्घाखाँचीको नरपानीमा सोमवार स्कारपियो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको स्कारपियो नरपानी रातामाटामा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरुको सनाखत हुन सकेको छैन् । उनीहरु सवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागि सन्धिखर्क पठाईएको छ । स्कारपियो सडकबाट झन्डै ५,६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।