चितवनको कालिकाबाट नगदसहित ६ जुवाडे पक्राउ

चितवनको कालिकाबाट नगदसहित ६ जुवाडे पक्राउ

असोज २० गते । चितवनको कालिका नगरपालिकाबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना नगदसहित पक्राउ परेका छन् । कालिका नगरपालिका १ डडुवा स्थित सुवास श्रेष्ठको घरमा तास खेली रहेको अवस्थामा नगद ३६ अजनर ३२५ रुपैयासहित ६ जनालाई प्रहरीले सोमवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कालिका १ का बर्ष ४२ को हरि गुरुङ , बर्ष ३२ को भिम बहादुर तामाङ , बर्ष ३८ को जीवन लामा, बर्ष ३२ को बिष्णु गुरुङ, बर्ष २७ को सुवास श्रेष्ठ र बांके नेपालगन्ज नगरपालिका ४ बस्ने बर्ष ६० को सन्त बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोईरालाले जानकारी दिए । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको उनले वताए ।