पदमपुरको एक पसलमा आगलागी , लाखौंको क्षति

चितवन , २१ कार्तिक
चितवनको पदमपुरमा एक पसलमा आगलागी भएको छ । कालिका नगरपालिका वडा नम्बर २ लामा चोकमा रहेको पदमपुर ईलेक्ट्रीक एण्ड लाईट हाउसमा आगलागी भएको थियो ।कृष्ण चौधरीले संचालन गरेको पसलमा आगलागीबाट करिब ५० लाख मूल्यको सामानमा क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ बजेतिर लागेको आगो एक घण्टापछि नियन्त्रणा आएको थियो । खैरहनी र भरतपुरवाट गएको दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागी हुनुको एकिन कारण खुल्न नसकेपनि विद्युत सर्टभई आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।