करुणा सप उद्योग र अधिकृत बिक्रेताहरुबिच छलफल

करुणा सप उद्योग र अधिकृत बिक्रेताहरुबिच छलफल

चितवन , २१ मंसिर
चितवनको चैनपुरमा रहेको करुण सोप एण्ड केमिकल्स उद्योगले आफ्नो अधिकृत बिक्रेताहरुसँग छलफल गरेको छ । कम्पनीले देशभरमा रहेका आफ्नो ८० जना अधिकृत बिक्रेताहरुसँग सौराहामा छलफल तथा भेटघाट गरेको हो ।

प्रथम अधिकृत भेटघाट कार्यक्रममा कम्पनीले आफ्नो योजना तथा बिक्रेताहरुबाट कम्पनीलाई सुझाव दिइएको थियो । कार्यक्रममा बोल्दै अधिकृत बिक्रेता ऋषिराम सापकोटाले कम्पनीले गुणस्तर यथावत राखेर बजारमा प्रतिस्पर्धा गर्न सक्ने मूल्यमा सामान बजारमा लानुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले स्वदेशी कम्पनीको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले उद्योग स्थापना गर्न ठूलो लगानी आवश्यक रहेको र त्यसको लागि बैंकबाट कर्जा लिने तर बैकंले कर्जादर बृद्धि गर्दै लग्ने परिपाटीले उद्योगी व्यवसायीलाई समस्या परेको बताए ।

खैरहनी नगरपालिका वडा नम्बर ४ मा रहेको कम्पनीले १४० वटा डिलर मार्फत ११ किसिमको सामाग्री बजारमा लगेको कम्पनीका प्रबन्ध निर्देशक सूर्यमणी पौडेलले जानकारी दिए । कम्पनीले धर्ती , करुणा , करुणा गोल्ड , कोफिल , विश्व , नविन , पालुवा , मन्जरी , पारिजात लगायतको लुगा धुने साबुन र डिटर्जेन्ट पाउडर बजारमा बिक्री गरिरहेको कम्पनीका अध्यक्ष हरि भट्टले बताए । कम्पनीका प्रबन्ध निर्देशक सूर्यमणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सेल्स म्यानेजर मोहन घिमिरे स्वागत मन्तव्य व्यक्त गरेका थिए