क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा भट्टराई

चितवन , २१ भदौ

क्षेत्रिय होटल संघ नेपाल चितवनको अध्यक्षमा दिपक भट्टराई चयन भएका छन् । संघको सौराहामा भएको आठौँ अधिवेसनमा भट्टराई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा राममणि खनाल , द्धितिय उपाध्यक्षमा अन्जन कुमार पाण्डे , उपाध्यक्षहरुमा योगेन्द्रनाथ अधिकारी , गंगा गिरी , टिका गिरी र ओम पाण्डे चयन भएका छन् । त्यस्तै महासचिवमा गुणराज थपलिया , कोषध्यक्षमा माधव दुवाडी , सचिवमा बविता चौधरी , सह सचिवमा लजिक श्रेष्ठ सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत खडानन्द शर्माले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा प्रकाश भट्टराई , सन्तोष गिरी , सुरज पौडेल , हरि श्रेष्ठ , राजेन्द्र भण्डारी , चयन भएका हुन् । सदस्य पदमै हेटौडा इकाईबाट भागिरथ शर्मा , पश्चिम चितवनबाट गणेश शर्मा पौडेल , नवलपरासीबाट डि बी चौधरी र हाइवेबाट प्रल्हाद बिष्ट सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत चयन भएका सबैलाई निर्वतमान अध्यक्ष सुमन घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए ।

दुईबर्षे कार्यकालको लागि भट्टराईको नेतृत्वमा २५ सदस्य कार्यसमिती चयन भएको हो । दुईजना आमन्त्रित सदस्य चयन हुन बाँकी रहेको छ । संघमा कुल ९३ जना सदस्य रहेका छन् ।