राप्तीका युवाद्धारा सचेतना मुलक कार्यक्रम

राप्तीका युवाद्धारा सचेतना मुलक कार्यक्रम

चितवन, २३ असार
चितवनको राप्ती नगरपालिका युवाहरुले लागुपदार्थ दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ५ मा रहेको जेपी युवा क्लबले ४ दिन सम्म बालबालिकाहरुलाई लक्षित गरि सचेतना कार्यक्रम गरेको क्लबका अध्यक्ष अबिप कंडेलले जानकारी दिए ।

पछिल्लो समय युवा युवतीको लागु पदार्थको लत फसेको र उनीहरुलाई देखेर बालबालिकाहरु पनि लागुपदार्थ सेवन गर्ने अवस्थामा रहेकाले बालबालिकाहरुलाई सचेत गराउने काम गरिएको अध्यक्ष कंडेलले बताए । शुक्रबारबाट सुरु भएको सचेतना कार्यक्रममा बालबालिकालाई दुर्व्यसनीबाट कसरी बचाँउन सकिन्छ भन्ने बिषयमा जानकारी गराईएको थियो । सचेतना मुलक कार्यक्रममा बालबालिकाहरुलाई लागु पदार्थ भनेको के हो, यस्को प्रयोगबाट जिवनका कस्तो असर पर्छ, लागु पदार्थ दुर्बेसनीले गर्दा हाल कस्ता किसिमका घटना घटिरहेका छन भन्ने बिषयमा जानकारी गराईएको थियो ।

क्लबले सुरु गरेको अभियानलाई जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय बूद्धिजिवी लगाएतको समन्वयमा आगामी दिनमा समेत निरन्तरता दिने क्लबले जनाएको छ । क्लबले सोमबार ईलाका प्रहरी कार्यलय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यलाई सम्मान समेत गरेको छ । समाजमा भई रहेका बिकृति, बिसंगती न्युनिकरणको लागि उल्लेखनिय योग्दान पुर्याएको भन्दै प्रहरी निरीक्षक आचार्यलाई सम्मान गरेको क्लबका अध्यक्ष कंडेलले जानकारी दिए ।