भरतपुर अस्पतालभित्रै झुण्डिएर आत्महत्या

भरतपुर अस्पतालभित्रै झुण्डिएर आत्महत्या

चितवन , २२ कार्तिक । 
चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । श्रीमतीलाई उपचारको लागि अस्पताल ल्याएका लम्जुङ दुधपोखरी गाँउपालिका वडा नम्बर २ बस्ने अन्दाजी बर्ष २२ को विष्णु सुनारले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

तिन महिना अगाडी सुत्केरी भएकी उनको श्रीमतीलाई मुटुमा केहि समस्या देखिएपछि उपचारको लागि सुनारले आइतबार भरतपुर अस्पतालमा ल्याएका थिए । उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको र भोली डिस्चार्ज गर्ने तयारी रहेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । सुनारले आज बेलुका करिब ८ बजेतिर अस्पतालको भर्याङमा लामो रुमालले पासो लगाएका हुन् । उनले किन आत्महत्या गरे भन्ने कारण खुलेको छैन । घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।