अटो दुर्घटनामा एकै गाँउको तिनजना महिला सहित ५ जनाको मृत्यु (सबैको नामावली सहित)

अटो दुर्घटनामा एकै गाँउको तिनजना महिला सहित ५ जनाको मृत्यु (सबैको नामावली सहित)

चितवन , २२ मंसिर।
पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा भएको अटो दुर्घटनामा एकै गाँउको तिन जना महिलाले ज्यान गुमाएका छन् । ना १ ह ६४०९ नम्बरको अटो शनिबार साँझ करिब ६ बजेतिर अनियन्त्रित भएर दुर्घटना हुदाँ तिन जना महिला र दुईजना पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परि खैरहनी ३ निवासी अटो चालक बर्ष २६ को मणीराम गिरी गम्भिर घाइते भएका छन् । उनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तिव्र गतिको कारण ढुङ्गामा ठोक्कएर दुर्घटना भएको स्थानियले बताए । अटोेमा सवार ६ जनालाई प्रहरी तथा स्थानियले उद्धार गरि भरतपुर पठाएका थिए । ६ जनामध्य चारजनालाई अटोमा चेपिएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ की मीना खड्का , अन्दाजी बर्ष ३२ की माया तामाङ , अन्दाजी बर्ष ३५ की निरु नेपाली, पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी न.पा.८ बस्ने बर्ष ४९ को श्याम प्रसाद तिवारी  ,  खैरहनी ९ बस्ने बर्ष ४२ को बिश्वमणी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले बताए । मृतकहरुको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।