साँत हजार घुस सहित प्रहरी नायव निरिक्षक पक्राउ

दाङ , मंसिर २२। 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साँत हजार रुपैयाँ घुस लिने प्रहरी सहायक निरिक्षकलाई पक्राउ गरेको छ । दाङ जिल्लाको इलाका प्रहरी कार्यालय तुल्सीपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक हेमन्त के सी लाई अख्तियारको सम्पर्क कार्यालय नेपालगंजबाट खटिएको टोलीले साँत हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरेको हो ।

के.सीलाई घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला प्रशासन कार्यालय अगाडीको ओली होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिप कुमार काइरालाले जानकारी दिए । सार्वजनिक मुद्धा (अभद्र व्यवहार) को मुद्धा चलेको व्यक्तीहरुलाई छुटाइदिए वाफत केसीले रकम लिने गरेको उजुरीको आधारमा खटिएको टोलीले उनलाई घुस रकम सहित पक्राउ गरेको कोइरालाले बताए ।