चितवन मेडिकल कलेजका विद्यार्थीहरु निरन्तर आन्दोलनमा , आज मौन प्रदर्शन (फोटो फिचर)

चितवन मेडिकल कलेजका विद्यार्थीहरु निरन्तर आन्दोलनमा , आज मौन प्रदर्शन (फोटो फिचर)

चितवन, २२ मंसिर।
चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरु निरन्तर आन्दोलनमा गरिरहेका छन् । सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क मेडिकल कलेजले लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरुले अतिरित्त शुल्क फिर्ता वा समायोजन नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् ।

माग पुरा नभएको भन्दै विद्यार्थीहरुले प्रथम बर्षको परिक्षा समेत बहिष्कार गर्दैै आन्दोलनमा छन् । आन्दोलनरत विद्यार्थीहरुले आज मुखमा कालो पट्टी बाधेर चितवन मेडिकल कलेज अगाडी मौन प्रदर्शन गरे । उनीहरुले बोल्दा बोल्दा घाटी सुक्यो मुख दुख्यो न्याय कहिले , अभिभावकको खुन माफियालाई नुन , चार महिना भयो न्याय खोइ लगायतको प्ले कार्ड प्रर्दशन गरेका थिए ।