पत्रकार सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार

पत्रकार सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार

चितवन, २२ भदौँ

क्षेत्रीय होटल संघ चितवन सौराहाले पत्रकार होमनाथ सापकोटालाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको १८ औं बार्षिका साधारण सभा तथा ८ औं अधिवेशनमा सापकोटालाई नगद सहित पुरस्कृत गरिएको हो ।

पत्रकारिताको माध्यमबाट चितवनको पर्यटन विकासमा योगदान पु¥याएको भन्दै सापकोटालाई पुरस्कृत गरिएको संघले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद कृष्ण प्रसाद खनाल,मेयर नारायण वन र संघका अध्यक्ष सुमन घिमिरेले दोसल्ला,सम्मानपत्र र नगद सहित पुरस्कृत गरेका थिए । विगत १७ बर्ष देखि पत्रकारितामा क्रियाशिल पत्रकार सापकोटा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष तथा चितवन पोष्ट दैनिकका संवाददाता हुन । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका सापकोटाले पर्या पर्यटनका विषय बस्तुलाई महत्व दिएर कलम चलाउदै आएका छन ।